कानुनअनुसार नमिल्ने भएकाले करारका शिक्षक हटाउनु पर्यो : नगरप्रमुख क्षेत्री
शिक्षकहरूकै कारणले नगर शिक्षकको करार अवधि थप गर्न नसकिएको बर्दिबासका नगरप्रमुख प्रह्लाद क्षेत्रीले बताए । करार अवधि सकिएपछि नगर शिक्षकले करार म्याद थप गर्न आफैँ बेवास्ता गरेको हुनाले कानुनअनुसार करार नवीकरण नभएको नगरप्रमुखको भनाइ छ । करार अवधि सकिएर सेवामुक्त भएका शिक्षकसँग छलफल गर्दै नगरप्रमुख क्षेत्रीले करार अवधि थप गर्न कुनै कानुनी आधार नरहेको हुनाले...