निर्वाचन आचारसंहिता उल्लंघनको क्रम बढ्दो : आयोग कारबाही गर्नै डराउँछ
बुधबार पत्रकारसँग महोत्तरीका प्रमुख निर्वाचन आयुक्त दीपक खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरूलाई निगरानी गरेर सहयोग गरिदिन अनुरोध गरे । तर, जिल्लाका १५ वटै पालिकामा प्रचारप्रसार गर्नेहरूले टाँगेका बाक्लै ध्वजापताका तथा डिजे ब्यान्डसहितको समूहले सहर, गाउँमा अशान्त बनाउँदा पनि ध्यानाकर्षण नहुनुले निर्वाचन आयोगप्रति नै प्रश्न तेर्सिएको छ । उम्मेदवारहरूले खुलेआम भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेका...