संसद् अवरोध अन्त्यबारे विपक्षी दलहरूको बैठक सुरु
२५ जेठ, काठमाडौं । संसद्मा जारी अवरोध अन्त्य गर्ने विषयमा विपक्षी दलहरूले छलफल सुरु गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संसद् भवनस्थित कार्यकक्षमा बैठक बसिरहेको हो। विपक्षी दलहरू गृहमन्त्री रवी लामिछानेको राजीनामाको माग गर्दै संसद्को बैठक अवरुद्ध गर्दै आइरहेका छन्। भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयको संलग्नता रहेको भन्दै उनीहरूले गम्भीर आपत्ति जनाउँदै...