चुनावअघि कसैसँग पार्टी एकता हुँदैनः नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले सो निर्वाचनअघि पार्टी एकता सम्भवः नभएको बताएका हुन । ‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो...