अविचलित योद्धा श्रीनाथ अधिकारी (क.श्याम)को स्मृतिग्रन्थ विमोचन कार्यक्रम सम्पन्न
नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिले प्रकाशन गरेको स्मृति ग्रन्थमा पार्टी महासचिव मोहन वैद्य किरण, नेताहरु सिपी गजुरेल, रामसिंह श्रीस, हरिभक्त कँडेल, इन्द्रमोहन सिंग्देल लगायतका नेताहरुको संस्मरण लेखहरु प्रकाशित रहेको छ । प्रस्तुत स्मृतिग्रन्थमा पार्टीका नेता तथा पिवीएम कमरेड श्रीनाथ अधिकारीको जीवनी, उनले देश जनता, क्रान्ति तथा पार्टीको निम्ति गरेका काम र योगदानहरुको अभिलेखाङ्कन गरिएको छ...