विद्यार्थी भर्नाको तथ्यांक आउनै ढिलाइ
नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पूरा भइसक्दा कैलालीमा भर्ना भएका विद्यार्थीको संख्या भने आउन सकेको छैन ।विद्यालयहरूले भर्ना भएका विद्यार्थीको तथ्यांक समयमै अपडेट नगर्दा तथ्यांक आउन ढिलाइ भएको हो । शिक्षा मन्त्रालयले १५ साउनभित्रै भर्ना भएका विद्यार्थीको तथ्यांक मन्त्रालयको वेबसाइट (आइएमइएस) मा राख्न निर्देशन गरे पनि कैलालीका अधिकांश सामुदायिक तथा निजी विद्यालयले सो साइडमा भर्ना भएका विद्यार्थीको तथ्यांक...