आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने
सत्ता गठबन्धनले आज शुक्रबार काठमाडाैं उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ । बिहीबार मात्र भरतपुरमा चुनावी सभा गरेकाे गठबन्धनले आज दिउँसाे २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेकाे हाे । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । काठमाडाैं महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा...