साकेलाः सार्वजनिक खरिदमा मनपरी
खोटाङको साकेला गाउँपालिकामा खरिद प्रक्रिया मितव्ययी नभएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ मा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा खानेपानी पाइप, रंगरोगन, सडक स्तरोन्नति, वातावरणीय प्रभाव मूल्यांकन लगायतका काम सोझै गराएर खर्च लेखेको उल्लेख गरेको छ । ‘सोझै खरिद गर्दा प्रतिस्पर्धा सीमित हुन गई खरिद कार्य मितव्ययी भएको छैन,’ प्रतिवेदनमा...