ख्वपलाई विश्वविद्यालयको अनुमति नदिए थप नयाँ कलेज चलाउँछौं : मेयर प्रजापति
भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापतिले ख्व्प विश्वविद्यालय सञ्चालनका लागि अनुमति नपाए नगरपालिकाले थप नयाँ कलेज सञ्चालन गर्ने योजना रहेको बताएका छन् । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले भक्तपुर नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षहरूको लागि गरेको बधाई एवं शुभकामना कार्यक्रममा उनले भएका कलेजहरूमा विषयहरू थप्ने र नयाँ कलेज चलाउने योजना रहेको सुनाए । ख्वप...