सामुदायिक विद्यालयमा दिवा खाजाले नियमित बन्दै विद्यार्थी
लमजुङका सामुदायिक विद्यालयमा नेपाल सरकारद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । खाजा कार्यक्रमले पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै र बीचमै पढाई छाड्ने प्रवृत्तिको अन्त्य भएको छ । सरकारले दुई वर्षअघि सुरु गरेको दिवा खाजा कार्यक्रमले अभिभावक, विद्यार्थी र विद्यालयको सम्बन्ध राम्रो हुनुको साथै बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध भएको बेँसीशहर नगरपालिका शिक्षा शाखाका...