नेपाली कांग्रेसको मुख्यमन्त्रीहरूसँग आज छलफल
काठमाडौं, ६ वैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज प्रदेशका आफ्नो पार्टीका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछ । दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल सुरु हुनेछ । छलफलमा सात प्रदेशकै पार्टी सभापति, प्रदेश संसदीय दलका नेताहरू पनि सहभागी हुनेछन् । प्रदेशको मन्त्रालय संख्या घटाउने र सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल हुने बताइएको छ ।...