०६२/०६३ पछि सत्तामा पुगेकाहरू: सम्पत्ति छानबिनको राडारमा को–को ?
काठमाडौँ, १५ चैत । बालेन्द्र (बालेन) शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठकले ‘शासकीय सुधारका १०० कार्यसूची’ स्वीकृत गरेको छ । उक्त कार्यसूची अनुसार सरकारले अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भएको छ । जसअनुसार सरकारले पहिलो चरणमा ०६२/०६३ देखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको...