समखबर संवाददाता


0 प्रतिक्रिया

216

३१ औं जनयुद्ध दिवसकाे अवसरमा अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन उद्घाटन हुँदै

२ महिना अगाडि
समखबर संवाददाता

270

काठमाडौं,२९ माघ । ३१ औं जनयुद्धको दिवसको ऐतिहासिक अवसर पारेर अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको उद्घाटन हुँदैछ । पार्टीको ९ नम्बर ब्यूरोले अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन उद्घाटनसँगै जनयुद्ध दिवस मनाउने तयारी गरेको छ । सम्मेलनको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले गर्नुहुनेछ ।

यसैबिच, सम्मेलनलाई लक्षित गरी अखिल (क्रान्तिकारी)का विभिन्न जिल्लाहरुमा भेला तथा सम्मेलनहरु सम्पन्न भएका छन् । संगठनका केन्द्रीय संयोजक महेश श्रेष्ठले दिएको जानकारी अनुसार भक्तपुर, काठमाडौ, ललितपुर, सटिइभिटी, चितवन, दाङ, कास्की, रुपन्देही, सल्यान, सिराहा, बारा,सुनसरी, मोरङ र झापा लगायतका जिल्लाहरुमा सम्मेलनहरु सम्पन्न भएका छन् ।

सम्मेलनमा अधिकांश जिल्लाहरुबाट प्रतिनिधि पर्यवेक्षकहरु आउने पनि संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

270

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *