समानुपातिकमा ६४ दलका ३,४२४ उम्मेदवार : वर्तमान र पूर्वराष्ट्रपतिका छोराछोरी, नेताका श्रीमतीदेखि युवा उद्यमीसम्म बन्दसूचीमा
काठमाडौं, पुष, १६ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फका ११० सिटका लागि ६४ दलले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । १३ र १४ पुसमा बन्दसूची पेस गर्ने निर्वाचन कार्यतालिका थियो । समानुपातिक निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका दलहरूको संख्या भने सय छ । आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार ६४ दलले ५८ चुनाव चिह्नमा समानुपातिक निर्वाचन...