सुन सिक्री धितो राखेर ऋण, धितो फिर्ता लिँदा जलप लगाएको सिक्री
इलाम । इलाम नगरपालिका–८ कि विना चेम्जोङले राष्ट्रिय वाणिज्य बैंक इलाम शाखाबाट सुन धितो राखेर ऋण लिँदा ठगिएको गुनासो गरेकी छिन् । बैंकबाट धितो फिर्ता लिँदा आफूले राखेको सुन नपाएर जलप लगाएको सिक्री दिएको चेम्जोङको दाबी छ । ‘मैले १० असारमा पाँच थान सुन धितोमा राखेर एक लाख ४७ हजार रुपैयाँ ऋण लिएको थिएँ । तीन किस्तामा ब्याज...