भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या हल गर्छुः अध्यक्ष राई
खोटाङः खोटाङमा राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको छ । गत १७ चैतको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्षमा सुरेश राईलाई नियुक्त गरेपछि बुधबार कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापनासँगै राष्ट्रिय भूमि आयोग जिल्ला समितिका नवनियुक्त अध्यक्ष राईले पदभार सम्हालेका छन् । आयोगले करिब पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी...