सभामुख सापकोटाले गरे पाँँचवटा विधेकय प्रमाणीकरण
सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न मितिमा पारित भएको पाँचवटा विधेयक प्रमाणित गरेका छन् । विभिन्न मितिमा राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेका पाँँचवटा विधेयकलाई सभामुख सापकोटाले मंगलबार प्रमाणीकरण गरेका हुन् । सभामुखले प्रमाणीकरण गरेका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कानुनी रुप लिने संवैधानिक व्यवस्था छ । सभामुख सापकोटाले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न...