अध्यक्ष ओली : लोकतन्त्रलाई ट्रयाकमा ल्याउने समय आएको छ
काठमाडौं, पुष, १८ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई ट्रयाकमा ल्याउने जिम्मेवारी नेकपा (एमाले)मा आएको र पार्टीले त्यो काम गरिरहेको बताएका छन्। उनले अन्य राजनीतिक दलहरूलाई पनि लोकतन्त्रको पक्षमा आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह समेत गरे। देशमा सिर्जना गरिएको भय, आतङ्कलाई कम गर्न र शान्ति सुव्यवस्थाको अवस्था सिर्जना गर्न एमालेले सुरुदेखि नै प्रयास...