सानेपामा कांग्रेस बैठक : आगामी निर्वाचन र नौदल सहकार्यबारे छलफल
काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। बैठकमा आगामी निर्वाचनका तयारी, नौदलबीचको सहकार्य र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल भइरहेको छ। बैठकको प्रारम्भिक सत्रमा सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर आगामी राजनीतिक चुनौतीहरू सामना गर्नुपर्ने आवश्यकता औँल्याए। उनले हालैको नौदल सहकार्यलाई लोकतान्त्रिक मूल्य र स्थायित्वको दृष्टिले महत्त्वपूर्ण...