समखबर संबाददाता


0 प्रतिक्रिया

424

सानेपामा कांग्रेस बैठक : आगामी निर्वाचन र नौदल सहकार्यबारे छलफल

६ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

530

काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। बैठकमा आगामी निर्वाचनका तयारी, नौदलबीचको सहकार्य र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल भइरहेको छ।

बैठकको प्रारम्भिक सत्रमा सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर आगामी राजनीतिक चुनौतीहरू सामना गर्नुपर्ने आवश्यकता औँल्याए। उनले हालैको नौदल सहकार्यलाई लोकतान्त्रिक मूल्य र स्थायित्वको दृष्टिले महत्त्वपूर्ण भन्दै पार्टीले त्यसमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापाविश्वप्रकाश शर्मालगायत नेताहरूले संगठन सुदृढीकरण, प्रदेश तहमा देखिएका असन्तुष्टि, र निर्वाचन तयारीबारे आफ्ना धारणा राखेका छन्।

स्रोतका अनुसार बैठकमा पार्टीका सबै विभागहरू सक्रिय बनाउने, युवा र महिलाको सहभागिता बढाउने र स्थानीय तहमा संगठन पुनर्संरचना गर्ने प्रस्तावहरू पनि उठाइएका छन्।

बैठकमा अहिले चलिरहेको नौदल सहकार्यको कार्यान्वयन र साझा राजनीतिक एजेन्डाबारे पनि गम्भीर समीक्षा भइरहेको जनाइएको छ। छलफलपछि पार्टीले निर्णयहरूलाई लिखित निष्कर्षका रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।

530

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *