एमाले–कांग्रेस महाधिवेशनले कोशी अधिवेशन अन्योलमा
काठमाडौं,मंसिर,२४ । कोशी सरकारले मंसिर तेस्रो साताभित्र प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्ने प्रतिबद्धता जनाएको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्की र आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारीले मंसिर तेस्रो साताभित्र जेजस्तो अवस्थामा भए पनि हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका थिए । तर, विभिन्न कारणले प्रदेश सभा बैठक बस्ने संकेत देखिएको छैन । सरकारले २७ मंसिरदेखि सुरु हुने...