गाईबस्तुको बच्चा अगेनोमा, सुत्केरी महिलालाई गोठमा राख्ने संस्कारको अन्त्य गर्नुपर्छ : थापा
सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापाले गाईबस्तुको बच्चा अगेनोमा सुत्केरी महिलालाई गोठमा राख्ने संस्कारलाई अन्त्य गर्नुपर्ने बताएका छन् । शनिबार दैलेख सदरमुकाममा आयोजित सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको १५औं संस्थागत सामाजिक तथा लैङ्गिक परीक्षणमा कार्यकारी प्रमुख थापाले यस्तो बताए । संस्थाका संस्थापक अध्यक्षसमेत रहेका थापाले भने, ‘भैँसीले पाडो जन्माउँछ, बाख्राले पाठो जन्माउँछ, गाईले...