गोरखामा संरक्षण क्षेत्रभित्र बढ्यो ‘जडीबुटी’ तस्करी
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को म्याद थप नहुँदा जडीबुटीको चोरी तस्करी बढेको छ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा पर्ने संरक्षण क्षेत्रको वनबाट जडीबुटी तस्करी हुने गरेको हो । यस संरक्षण क्षेत्रभित्र पाइने सेतो चिनी, यार्सागुम्बा, सतुवा, वनलसुन लगायतका बहुमूल्य जडीबुटीहरूको खुलेआम चोरी तस्करी हुने गरेको स्थानीयहरू बताउँछन् । ‘अहिले त कतैबाट अनुमति पनि नलिई...