ललितपुरमा अवैध जुवा, ७ लाखसहित सात जना पक्राउ
काठमाडौं, पुष, १६ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवबाट प्रहरीले ७ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । जुवा खालबाट ७ लाख ६७ हजार ४७० रुपैयाँ नगद र १५ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए । खोटाङ घर भएर ठैवमा बस्ने २९ वर्षीय सङ्गीता कार्कीको डेरामा प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको...