समखबर संबाददाता


0 प्रतिक्रिया

1.3K

ललितपुरमा अवैध जुवा, ७ लाखसहित सात जना पक्राउ

४ महिना अगाडि
काठमाडौँ
समखबर संबाददाता

1.6K

काठमाडौं, पुष, १६ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवबाट प्रहरीले ७ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । जुवा खालबाट ७ लाख ६७ हजार ४७० रुपैयाँ नगद र १५ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए ।

खोटाङ घर भएर ठैवमा बस्ने २९ वर्षीय सङ्गीता कार्कीको डेरामा प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरी टोलीले छापा मारेर जुवाडेहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुवा खाल सञ्चालक सङ्गीता कार्की, युगनेशराज पुरी, भुईँ देउला, विजय खत्री, काले तामाङ, गणेश ठकुरी र रामराजा कुमाल छन् । जुवाडेहरूको ५ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

1.6K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *