समखबर संबाददाता


0 प्रतिक्रिया

540

गोकर्णेश्वरबाट ७६ थान नक्कली नोटसहित ६ जना पक्राउ

४ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

675

काठमाडौं, पुष, १७ । काठमाडौंको गोकर्णेश्वर क्षेत्रमा नक्कली नेपाली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले बुधबार राति गोकर्णेश्वर नगरपालिका– ८ स्थित अत्तरखेल चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका– ४, साँखुमा बसोबास गर्दै आएका सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका– २ घर भएका ३२ वर्षीय दावा नोर्बु शेर्पासमेत रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोट बरामद गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धानका लागि सबै पक्राउ परेकाहरूलाई प्रहरी हिरासतमा राखिएको जनाएको छ।

675

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *