गोकर्णेश्वरबाट ७६ थान नक्कली नोटसहित ६ जना पक्राउ
काठमाडौं, पुष, १७ । काठमाडौंको गोकर्णेश्वर क्षेत्रमा नक्कली नेपाली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले बुधबार राति गोकर्णेश्वर नगरपालिका– ८ स्थित अत्तरखेल चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका– ४, साँखुमा बसोबास गर्दै आएका सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका– २ घर भएका ३२ वर्षीय...