पूर्वआईजीपी खापुङलाई पनि फौजदारी मुद्दाको सिफारिस
काठमाडौं, २५ फागुन। जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई पनि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शन र उच्छृङ्खल गतिविधिबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रतिवेदन बुझाउँदै खापुङलाई पनि फौजदारी कानुन अनुसार अनुसन्धान गरेर अभियोजन गर्नुपर्ने राय दिएको हो । काठमाडौँको...