समखबर संबाददाता


0 प्रतिक्रिया

328

पूर्वआईजीपी खापुङलाई पनि फौजदारी मुद्दाको सिफारिस

१ महिना अगाडि
समखबर संबाददाता

410

काठमाडौं, २५ फागुन। जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई पनि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शन र उच्छृङ्खल गतिविधिबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रतिवेदन बुझाउँदै खापुङलाई पनि फौजदारी कानुन अनुसार अनुसन्धान गरेर अभियोजन गर्नुपर्ने राय दिएको हो ।

काठमाडौँको नयाँ बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी प्रहरीले गोली चलाउँदा खापुङ प्रहरी महानिरीक्षक थिए । लेथल हतियार प्रयोग गरेर अधिक बल प्रयोग गर्ने आदेश आईजीपी चन्द्रकुबेर खापुङले दिएको फिल्डमा खटिएका अधिकृतहरू बताउँछन् ।

अघिल्लो दिन अधिक बल प्रयोग भएसँगै आक्रोशित प्रदर्शनकारीले भोलिपल्टको विध्वंस मच्चाएको विश्लेषण गरिएको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रजिअ छविलाल रिजाललाई फौजदारी कानुन अनुसार मुद्दा चलाउन सिफारिस गरेको छ ।

गृह मन्त्रालयको तथ्यांकअनुसार भदौ २३ र २४ मा गोली लागेर देशभर ३९ जना प्रदर्शनकारीले ज्यान गुमाएका थिए । प्रदर्शनमा कुल ७६ जनाको मृत्यु भएको छ । गोली लागेर ज्यान गुमाएका ३४ जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।

भदौ २३ मा करिब १ बजेतिर आईजीपी खापुङले प्रहरी सञ्चार सेट (वाकीटकी) बाट गोली चलाउन आदेश गरेका हुन् । प्रदर्शनकारी संसद् भवनमा केन्द्रित भएपछि खापुङले गोली चलाउन आदेश दिएको फिल्डमा खटिएका अधिकृतहरू बताउँछन् । खापुङको भनाइ उद्धृत गर्दै एक जना अधिकृतले भने– ‘संसद् भवन घेरिसकेका छन्, के हेरेको ? गोली चलाउ ।’

जाँचबुझ आयोगले जिल्ला सुरक्षा समिति काठमाडौँका पदाधिकारीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको आयोगका एक जना सदस्यले रातोपाटीलाई बताए । उनले भने– ‘जिल्ला सुरक्षा समितिका अध्यक्षलाई फौजदारी मुद्दा र अरूलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।’ 

410

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *