टिप्पर दुर्घटनामा ललितपुरमा एकको ज्यान गयो
काठमाडौं, पुष, १८ । ललितपुरको थसिखेलमा टिप्परको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहिबार राति साढे ९ बजेतिर एकान्तकुनाबाट महालक्ष्मीस्थान तर्फ जाँदै गरेको टिप्परले ठक्कर दिँदा ४१ वर्षीय दीपेन्द्र सिलवालको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । बा.४ ख १४७० नम्बरको टिप्परको ठक्कर दिएपछि उनलाई पाटन अस्पताल लगिएको थियो...