समखबर संबाददाता


0 प्रतिक्रिया

2.1K

टिप्पर दुर्घटनामा ललितपुरमा एकको ज्यान गयो

३ महिना अगाडि
काठमाडौँ
समखबर संबाददाता

2.7K

काठमाडौं, पुष, १८ । ललितपुरको थसिखेलमा टिप्परको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहिबार राति साढे ९ बजेतिर एकान्तकुनाबाट महालक्ष्मीस्थान तर्फ जाँदै गरेको टिप्परले ठक्कर दिँदा ४१ वर्षीय दीपेन्द्र सिलवालको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

बा.४ ख १४७० नम्बरको टिप्परको ठक्कर दिएपछि उनलाई पाटन अस्पताल लगिएको थियो । चिकित्सकले सिलवाललाई मृत घोषणा गरेका हुन् ।

टिप्पर चालक सिन्धुलीको मरिण गाउँपालिका–६ घर भएका ३८ वर्षीय सोवित कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

2.7K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *