दिनदिनै रेकर्ड बनाउँदै ‘द कश्मीर फाइल्स’
काठमाडौं । गत मार्च ११ शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘द कश्मीर फाइल्स’ चर्चामा छ । भारतीय राजनीतिको केन्द्रमा यतिबेला ‘कश्मीरी पण्डित’को मुद्दा ब्युँतिएको छ । फिल्म रिलिज भएपछि पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएसँगै प्रभाव व्यापारमा पनि देखिएको छ । प्रदर्शनको पहिलो दिन तीन करोड ५५ लाखको व्यापार गरेको फिल्मले अहिलेसम्म एक सय ६७...