भिएनएलः फ्रान्सको दबदबा कायम
नेसन्स भलिबल लिगमा ओलम्पिक च्याम्पियन फ्रान्सले आफ्नो दबदबा कायम राखेको छ । शनिबार राति समापन भएको पुरुषतर्फको खेलमा जापानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फ्रान्स २१ अंकसहित शीर्षस्थानमा छ । फ्रान्सले जापानविरुद्ध २५-२२, २७-२५, २५-१७ को सहज जित निकाल्यो । यता, दोस्रो स्थानको पोल्यान्डले अष्ट्रेलियालाई ३-० कै सोझो सेटमा हरायो । १८ अंकसहित दोस्रो...