अक्षय कुमारले नेपाली दर्शकलाई सन्देश पठाउँदै भने- फिल्म हेर्नुस्, निराश बनाउँदैन
काठमाडाैं । बलिउड अभिनेता अक्षय कुमारले नेपाली दर्शकका लागि आफ्नाे आउन लागेकाे फिल्मले भरपुर मनोरञ्जन दिने सन्देश पठाएका छन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ’बच्चन पाण्डे’ ले भरपुर मनोरञ्जन प्रदान गर्ने उनले सन्देशमा बताएका छन् । ’नमस्ते नेपाल, मेरो फिल्म बच्चन पाण्डे यहिँ १८ मार्चमा नेपालका हलहरूमा लाग्दैछ । म यो फिल्मलाई तपाइँ आफू आफ्ना साथी तथा...