भक्तपुरमा मजदुरको मृत्यु
काठमाडौं, पुष,६। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ स्थित सिद्धार्थ पेट्रोल पम्प नजिकै वासिङ सेन्टरमा काम गर्ने मजदुरको मृत्यु भएको छ । शनिबार साँझ गाडी धुने क्रममा बेहोस भएका २८ वर्षीय महेश नेपालीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । वासिङ सेन्टर प्रकाश बस्नेतले सञ्चालन गरेका हुन् । दोलखाको भीमेश्वर नगरपालिका चरिकोट घर...