समखबर संबाददाता


0 प्रतिक्रिया

1.2K

भक्तपुरमा मजदुरको मृत्यु

४ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

1.5K

काठमाडौं, पुष,६। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ स्थित सिद्धार्थ पेट्रोल पम्प नजिकै वासिङ सेन्टरमा काम गर्ने मजदुरको मृत्यु भएको छ । शनिबार साँझ गाडी धुने क्रममा बेहोस भएका २८ वर्षीय महेश नेपालीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

वासिङ सेन्टर प्रकाश बस्नेतले सञ्चालन गरेका हुन् । दोलखाको भीमेश्वर नगरपालिका चरिकोट घर भएका नेपालीको उपचारको क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान गरिरहेका एक जना प्रहरी अधिकृतका अनुसार नेपाली छारे रोगबाट पीडित थिए । अचानक बेहोस हुँदा उनको शरीरमा चोट लागेको थियो । पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाइने भक्तपुर प्रहरीले जनाएको छ ।

1.5K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *