समखबर संबाददाता


0 प्रतिक्रिया

340

रुसी ड्रोन आक्रमणले लियो १५ खानी मजदुरको ज्यान

२ महिना अगाडि
समखबर संबाददाता

425

काठमाडौँ, १९ माघ । रुसी ड्रोन आक्रमणमा पूर्वी युक्रेनमा १५ जना खानी मजदुरको मृत्यु भएको छ। युक्रेनी अधिकारीहरूका अनुसार पछिल्ला आक्रमणहरूमा सर्वसाधारण क्षेत्रलाई लक्षित गरिएको छ, जसका कारण मानवीय क्षति बढ्दै गएको छ।

आक्रमणका क्रममा अस्पतालहरू पनि निशानामा परेका छन्। विशेषगरी एक प्रसूति अस्पतालमा क्षति पुगेको पुष्टि भएको छ, जहाँ उपचाररत बिरामी र स्वास्थ्यकर्मीहरू त्रसित बनेका छन्। युक्रेनी स्वास्थ्य मन्त्रालयले आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन भनेको छ।

पूर्वी युक्रेनका औद्योगिक क्षेत्रहरूमा भएका ड्रोन आक्रमणका कारण खानी क्षेत्रमा काम गरिरहेका मजदुरहरू सिधै प्रभावित भएका छन्। उद्धार टोलीले भग्नावशेषबाट शव निकाल्ने काम जारी राखेको र घाइतेहरूको उपचार भइरहेको जनाएको छ।

यसैबीच, युक्रेनले रुसी आक्रमण रोक्न प्रविधिगत रणनीति कडा बनाउँदै लगेको छ। युक्रेनी सरकारले ड्रोन र मिसाइल आक्रमणमा प्रयोग भइरहेका संचार तथा नेभिगेसन प्रणाली अवरुद्ध गर्न स्टारलिंक प्रणाली नियन्त्रण गर्ने विषयमा स्पेस–एक्ससँग सहकार्य गरिरहेको जनाएको छ।

युक्रेनी रक्षा अधिकारीहरूका अनुसार युद्धमा प्रविधिको प्रयोग निर्णायक बन्दै गएको र ड्रोन आक्रमण रोक्न अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूसँग समन्वय अपरिहार्य भएको छ।

रुस–युक्रेन युद्ध लम्बिँदै जाँदा नागरिक पूर्वाधार र स्वास्थ्य संस्थामाथि आक्रमण बढ्नुले मानवीय संकट थप गहिरिँदै गएको अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ।

425

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *