रुसी ड्रोन आक्रमणले लियो १५ खानी मजदुरको ज्यान
काठमाडौँ, १९ माघ । रुसी ड्रोन आक्रमणमा पूर्वी युक्रेनमा १५ जना खानी मजदुरको मृत्यु भएको छ। युक्रेनी अधिकारीहरूका अनुसार पछिल्ला आक्रमणहरूमा सर्वसाधारण क्षेत्रलाई लक्षित गरिएको छ, जसका कारण मानवीय क्षति बढ्दै गएको छ। आक्रमणका क्रममा अस्पतालहरू पनि निशानामा परेका छन्। विशेषगरी एक प्रसूति अस्पतालमा क्षति पुगेको पुष्टि भएको छ, जहाँ उपचाररत बिरामी र स्वास्थ्यकर्मीहरू त्रसित बनेका छन्।...