ओली आरोप: कार्कीले सम्पत्ति शुद्धीकरणमा मुद्दा लगाउन खोजिन
काठमाडौं, मंसिर, २१ । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ गर्न सम्पत्ति शुद्धीकरण विभागको प्रमुख नै फेरेको दाबी गरेका छन् । पार्टीको एघारौँ महाधिवेशन प्रचारका लागि सुरु गरिएको नवयुग इ–बुलेटिनको शनिबार पार्टी कार्यालयमा शुभारम्भ गर्दै ओलीले प्रधानमन्त्री कार्कीको नियतमाथि प्रश्न उठाए । ‘प्रधानमन्त्रीले सम्पत्ति शुद्धीकरण विभागका प्रमुखलाई तीनपल्ट बोलाएर मलाई मुद्दा चलाउनुस्,...