काठमाडौंबाट धादिङ र चितवन भएर गुड्ने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक
धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण काठमाण्डौको नयाँबसपार्क, कलंकी, गौशला र भक्तपुरबाट देशका विभिन्न जिल्लातर्फ जाने लामो दूरीका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । अवरुद्ध सडक खुलेसँगै सवारी साधन सञ्चालनमा आउने छन् । चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेका कारण गएरातिदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको छ ।...