छात्रालाई यौन दुर्व्यहार गरेकाे आरोपमा प्रधानध्यापक पक्राउ
खोटाङः छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रधानध्यापक इन्द्र प्रसाद आचार्य पक्राउ परेका छन् । खोटाङको महुरेगढी बहुप्राविधिक विद्यालयमा अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेका हुन् । आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ कालो मोसो दलेर जुत्ताको माला लगाइदिएका...