समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

छात्रालाई यौन दुर्व्यहार गरेकाे आरोपमा प्रधानध्यापक पक्राउ

४ वर्ष अगाडि
समखबर संवाददाता

1.4K

खोटाङः छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रधानध्यापक इन्द्र प्रसाद आचार्य पक्राउ परेका छन् । खोटाङको महुरेगढी बहुप्राविधिक विद्यालयमा अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेका हुन् ।

आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ कालो मोसो दलेर जुत्ताको माला लगाइदिएका थिए। घट्ना लगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरीले प्रधानध्यापक आचार्यलाई नियन्त्रणमा लिएको हो । घट्नाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

विद्यालयमा अध्ययनरत छात्रालाई पटक-पटक विभिन्न बहानामा यौनजन्य दुर्व्यहार गर्दै आएकोमा मंगलबार दुई छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको सूचनाका आधारमा उनलाई प्रहरीको जिम्मा लगाइएको अनेरास्ववियुका अध्यक्ष मोहन संग्रामले बताए ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *