९ दलसँगको एकता सहमतिमा माओवादी केन्द्रको बैठक, असन्तुष्ट समूह ललितपुरमा पत्रकार सम्मेलन
काठमाडौँ, मङ्गलबार १८ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन, कमलादीमा बस्दै छ। बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित नौ वाम दलबीच भएको एकता सहमतिमा हस्ताक्षर तथा पछिल्लो सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गर्ने मुख्य एजेन्डा रहेको पार्टी नेतृत्वले जनाएको छ। नेता हरिबोल गजुरेलका अनुसार आजको...