समखबर संवाददाता


0 प्रतिक्रिया

2.2K

माओवादीको पोलिट्ब्युरोमा गण्डकीका २१ जना

४ वर्ष अगाडि
काठमाडौँ
समखबर संवाददाता

2.7K

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना मनोनित भएका छन् ।

१२५ जनाको पोलिटब्यूरोमा गण्डकीका २१ जना परेका हुन् ।बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ, देबेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिट्ब्युरोमा छ ।

यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा, देबेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हरिबहादुर चुमान, कृष्ण धिताल पनि समेटिएका छन् । राजकाजी गुरुङ, अमर तमु, परशुराम रम्तेल, सुशिला सिंखडा, बलावती शर्मा, चुडामणी खड्का, किसान शर्मा र कपिल लामा पोलिट्ब्युरो बनेका हुन् ।

तिमध्ये अधिकांश गोरखाका छन् । ९ जना गोरखा जिल्लाबाट मात्रै समावेश गरिएका छन् । गएको स्थानीय निर्वाचनमा माओवादीले गोरखामा पुरानाे विरासत फर्काएको छ । ११ स्थानीय तह मध्ये ९ पालिकामा चुनाव जितेको हो । गण्डकीका ८५ मध्ये ११ पालिकामा प्रमुख र १९ पालिकामा उपप्रमुख चुनाव जितेको छ ।

2.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *