योजनाका सम्झौताको लागि हिउँ छिचोल्दै सिमकोट पुगे लिमीका स्थानीय
सिमकोट । बजेट फ्रिज हुने सम्भावना देखेपछि चालु आर्थिक वर्षका लागि योजनाको सम्झौता गर्न हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीन गाउँबाट स्थानीय हिउँ छिचोल्दै सदरमुकाम सिमकोट आइपुगेका छन् । लिमीबाट तीन दिन हिँडेर उनीहरू सदरमुकाम सिमकोट पुगेका हुन् । आफूहरूले सो क्रममा ४ हजार ६ सय मिटर अग्लो नारा लेकमा जमेको चार फिट हिउँ छिचोल्दै...