सिक्री लुटपाट गरेको आरोपमा प्रहरीद्धारा एक जना पक्राउ
काठमाडौंः ठमेलमा सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा सोमबार प्रहरीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट...