विद्यार्थी कम भएका दोर्दीका दुई वटा विद्यालय मर्ज
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय समायोजन (मर्ज) लाई लमजुङको एक स्थानीय तहले अघि बढाएको छ । विद्यार्थी कम र शिक्षक धेरै भएपछि दोर्दी गाउँपालिकाले वडा नम्बर १ भारतेको महादेव निम्न माध्यमिक विद्यालय र कर्मोदय प्राथमिक विद्यालय मर्ज गरेको हो । गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको दोर्दी शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको...