सहकारीको अनुगमन गर्दै काठमाडौं महानगर
काठमाडौँ, १९ माघ । काठमाडौं महानगरपालिकाले काठमाडौं क्षेत्रका सबै सहकारी संस्थाहरूको अनुगमन र स्थलगत निरीक्षण गर्ने भएको छ। महानगरपालिकाको सहकारी विभागद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । आगामी दिनहरूमा सहकारी संस्थाहरूको गतिविधिहरूको निगरानी गरिनेछ। यस क्रममा, सहकारी संस्थाहरूले १४ विभिन्न प्रकारका कागजात र अभिलेख पेस गर्नुपर्नेछ। निरीक्षणका लागि आउने टोलीलाई कागजात, अभिलेखसहितका १४ प्रकारका विवरण...