लामिछानेको मुद्दा सुनुवाइको अर्को तारेख: वैशाख १४
काठमाडौं, १५ चैत । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अर्को तारेख तोकेको छ । जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार वैशाख १४ गतेका लागि तारेख तय भएको हो । लामिछाने आज तारेख बुझ्न अदालत पुगेका थिए । सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर तारेख बुझेका हुन् । उनीविरुद्ध काठमाडौँको...