बेँसीशहरका अधिकांश पसल मापदण्ड बिपरित संचालित
लमजुङको सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकाका अधिकांश पसलहरु मापदण्ड विपरित रहेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङ र घरेलु तथा साना उद्योग कार्यालय लमजुङको संयूक्त बजार अनुगमनका क्रममा शुक्रबार बजारका विभिन्न पसलहरु मापदण्ड विपरित भेटिएका हुन् । बजार अनुगमनका क्रममा नगरको वडा नं. ७ र ८ मा रहेको विभिन्न पसल गरी ९ वटामा गरिएको अनुगमनमा...